चर्चित कमेडी टेलिभिजन शो ‘कमेडी दरबार’को महाराजामा मनोज गजुरेल फर्किएका छन्।
चारवटा एपिसोडमा नदेखिएका गजुरेलले मंगलबार नयाँ एपिसोडको छायांकन गरेका छन्। शोमा महाराजाको भूमिकामा रहेका उनी एक महिना लामो युरोप टुरमा थिए। मनोज गजुरेलको स्थानमा फिल्म निर्देशक प्रदीप भट्टराईलाई ल्याइएको थियो।
‘कमेडी दरबार’को मंगलबार छायांकन गरिएको एपिसोडमा टेलिसिरियल ‘सक्किगोनि’का कलाकारहरू सागर लम्साल, हरिश निरौला, रक्षा श्रेष्ठ, प्रियना आचार्यलगायतका कलाकारहरूलाई अतिथि छन्।