मंगलबार काठमाडौंका विभिन्न ठाउँमा बिहानभर बत्ती जाने भएको छ। विभिन्न ठाउँमा मर्मत सम्भार गर्नुपर्ने भएकोले भोलि बिहान साढे ६ देखि १० बजेसम्म बत्ती जाने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
रत्नपार्क वितरण केन्द्रको टेकु त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सबस्टेशन अगाडिबाट पचली भैरव, उद्योग वाणिज्य महासङ्घ, टेकुचोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपर मार्केट अगाडिसम्म, टेकु वंशीमार्ग, सुकुम्बासी जाने बाटोसम्म बत्ती जाने भएको हो।
त्यस्तै कालीमाटी फिडर अन्तर्गत पर्ने टेकु नेशनल ट्रेडिङ हुँदै हनुमन्ते भिमसेन स्थान, परोपकार, रामघाट, शान्ति निकेतन स्कुल, मरुहिटी, ढोकाटोल, नरदेवी हस्पिटल अगाडि, टङ्गाल, भरुङ्गखेल, क्षेत्रपाटी चोक, ढल्कोचोकसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ।
यता भीमसेनस्थान फिडर अन्तर्गत पर्ने अण्डरग्राउण्ड हुँदै टेकु नेशनल ट्रेडिङ बाहिरपटी,काठमाण्डौ बिजनेश पार्क हुँदै वडा नं १२ को कार्यालय, ब्रम्हटोल, जैसीदेवल चोक, ज्याबहाल चिकमुगल, भीमसेनस्थान, सरुगल्लीको ट्रान्सफर्मरसम्म बिहान १० बजेसम्म बत्ती जाने छ।
तोकिएको समयअघि नै काम सकिए बत्ती आइहाल्ने पनि प्राधिकरणले जनाएको छ।