किरणकाे प्रश्न: आखिर कहिलेसम्म रंगशालामा सुटिङ भएकाे लोकदोहोरीकाे भिडियाे हेरेर बस्ने?

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले सरकार र खेलकुद परिषद्लाई खुलापत्र लेखेका छन्।

मंगलबार उनले फेसबुकमार्फत् खुलापत्र लेखेका हुन्। पत्रमा उनले दुः खद घडीमा बनाको रंगशाला फुटबल गतिविधिमा सञ्चालन नगरेर म्युजिक भिडियोको लागि उपयोग गरेको भन्दै आक्रोश पोखेका छन्।

‘हाम्रो देशमा खेल मैदानको लागि दु:खद् घडीमा बनाको रंगशालामा फिल्मको सुटिङ, म्युजिक भिडियोको लागि प्रवेश खुला हुने, फुटबलका लागि खेल्न चै किन न हुने? फुटबलले देशका लागि त्यति ठूलो असर पार्छ र? अबका दिनमा सम्पूर्ण खेलमैदानमा खेल सुचारु गर्दिन अनुरोध गर्दछु,’ उनले लेखेका छन्। 

कोरोना भाइरसको महामारीको कारण गत चैतबाट खेलकुदका सम्पूर्ण गतिविधि बन्द रहेको छ। सरकारले अन्य क्षेत्र खुला गरेपनि रंगशाला लगायत खेलकुदका गतिविधिलाई अझै रोक लगाएको छ ।

यस्ताे छ उनले लेखेकाे खुलापत्र

आदरणीय राष्ट्रिय खेलकुद परिषद तथा सम्माननीय सरकारलाई म सानो खुला पत्र लेख्न चाहन्छु।

म नेपाली राष्ट्रिय फुटबल टोलीको तर्फबाट कप्तान किरण चेम्जोङ आफ्नो व्यक्तिगत तर्फबाट र अखिल नेपाल फुटबल संघ (एन्फा)को तर्फबाट सरकारलाई के सम्झाउन चाहन्छु भने फुटबल मात्रै नभएर आवश्यक मापदण्ड पूरा गरी सम्पूर्ण खेलकुद पूर्ण रूपमा सुचारु गर्न हजुरहरूलाई अनुरोध गर्दछु।

किन एकान दुकान गर्दै हुनुहुन्छ के खेलाडी सधै मर्म मै पर्ने र मर्ने हो भने तपाईंहरूले सम्बन्धित निकायमा बसेको के अर्थ रह्यो र?खेलाडी चाहिँ सधैँ काठमाडौंको धुलोमा, तपाईंहरू चाहिँ चिल्लो गाडीमा?

नेपालको खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का माननिय ज्यूहरू र नेपाल सरकारले  सायद बिर्सिनु भयो होला देशको नाम खेलकुद र खेलाडीले चिनाउने गरेका छन्।

तर, यतिका महिना खेलाडी खेलकुद कुन दुर्दशामा छ भने एउटा भनक पनि चासोको विषय नबनाको देख्दा फुटबलमा भविष्य खोज्ने भाइ/बहिनीहरूमा कतिको असर परेको छ भने कुरा खुलस्त रूपमा देखिन सकिन्छ। 

सम्पूर्ण देशमा फुटबल सुरु भइसक्दा पनि हाम्रो  देशमा खेलकुदको विषयमा बोली दिने मान्छे भएन। खेलाडीका लागि मात्र होइन खेलकुद  लागि पनि बोलिदिने मान्छे भएन।

हाम्रो देशमा खेल मैदानको लागि दु:खद घडीमा बनाको रंगशालामा फिलिमको सुटिङ म्युजिक भिडियाेको लागि प्रवेश खुला हुने, फुटबलका लागि खेल्न चै किन न हुने ? फुटबलले देशका लागि त्यति ठूलो असर पार्छ र ? अबका दिनमा सम्पूर्ण  खेलमैदानमा खेल सुचारु गर्दिन अनुरोध गर्दछु। 

आखिर कहिलेसम्म नेपाली फुटबलको लोकदोहोरी फेसबुकमा हेरेर बस्ने हामीले? नेपाली  फुटबलको विकासका लागि कसैले केही गरिरहेको देखिनँ। फुटबल खेलाडीले खेल्न बिर्सिसके सरकार, फुटबल राजनीति जस्तो होइन बोलेर मख्ख पर्न। फुटबलमा हात खुट्टाले दिमाग लगाएर खेल्ने गरिन्छ। चिलो गाडीमा बसेर गफ लगाए जस्तो सजिलो हुन्न। दुईवटा खुट्टा चलाएर घरपरिवार हेर्नुपर्ने हुन्छ। 

७ महिनादेखि बेरोजगार भएका खेलाडीको क्षतिपूर्ति कसले दिन्छ? जुन खेलाडी खेलेर नै जीविका चलाउँथ्याे  ऊ त आजभोलि खेलमैदान छोडेर  विदेश पो जाँदैछ त लाज हुने कुरा होइन यो खेलाडी खेलकुद र राजयको मान्य ज्यू। जय देश। जय देश।  जय नेपाली फुटबल।

प्रकाशित मिति: : 2020-10-13 14:51:00

प्रतिकृया दिनुहोस्