अफगानिस्तानमा सेनाका दुई हेलिकप्टर ठोक्किँदा कम्तीमा ९ जनाको ज्यान गएको छ।
प्राविधिक कारणले हेलिकप्टर बुधबार बिहान नवा जिल्ला रहेकाे दक्षिण प्रान्ट हेल्मन्डमा ठाेकिँदा हुँदा उनीहरुकाे ज्यान गएकाे हाे।
स्थानिय अधिकारीहरुका अनुसार घाइते सैनिकको उद्धारमा खटिएका दुई हेलिकप्टर एक आपसमा ठोक्किएका हुन्।
मृत्यु हुनेमा केही वायु सेनाका उच्चतहको तालिम प्राप्त अधिकारी रहेका अधिकारीहरुले जनाएका छन्।
हेलिकप्टर दुर्घटना भएकाे क्षेत्र तालिबानकाे पकडमा रहेकाे थियाे।
उक्त स्थानमा तालिबान र अमेरिकी वायु सेनाको साथ पाएकाे अफगान सैनिकबिच भिडन्त हुँदै आएको छ।
सोही भिडन्तमा घाइते भएकाहरुको उद्धारमा खटिएका दुई हेलिकप्ट ठोक्किएकाे अधिकारीहरुकाे दावी छ।