फ्रान्समा कोरोना संक्रमित पुन: बढ्न थाले, राष्ट्रपति भन्छन्– आउँदो वर्षको मध्यसम्म लड्नुपर्छ

रमेशराज वास्तोला

पोर्चुगल (युरोप)

फ्रान्स कोरोना भाइरस महामारीको संक्रमण फेरि बढ्न थालेको छ।

शुक्रबार एकै दिन ४० हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ। यस्तै २९८ जनाको कोरोनाका कारण निधन भएको छ।

फ्रान्समा कोरोना संक्रमितको १० लाख ८४ हजार भन्दा धेरै रहेको छ।

यता फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले आफ्नो देशले आउँदो वर्षको मध्यसम्म पनि कोरोना भाइरससँग लड्नु पर्ने बताएका छन्।

उनले राष्ट्रव्यापी लकडाउन गर्नुपर्ने अवस्था सिर्जना हुन नदिन सतर्कता आपनाउन आग्रह गरेका छन्।

फ्रान्समा गत जुन–जुलाईमा कोरोनाको समस्या उच्च थियो। बीचमा केही सिथिल देखिएपछि सरकारले लकडाउन हटाउने तथा होटल रेस्टुरान्ट खोल्ने निर्णय गरेको थियो। 

यसअघि सरकारले १० जनाभन्दा बढी व्यक्ति सार्वजनिक पार्कमा भेला हुन निषेध गरेको थियो भने नदी र बिचमा पनि पनि मानिसलाई आवतजावत हुन रोक लगाइएको थियो।

साथै मनोरञ्जनात्मक कृयाकलापहरु र छिमेकीहरुबीच भेला समारोह गर्न बन्देज गरिएको थियो। 

केन्द्र सरकारले ५००० सम्म मानिस भेला हुन पाउने छुट दिए पनि बोर्डो शहरमा १००० मा सीमित गरिएको थियो। यो सीमा रंगशाला र कन्सर्ट तथा प्रदर्शनका सन्दर्भमा लागू गरिएको छ।

फ्रान्सकै दोस्रो ठूलो शहर मार्सेमा पनि बोर्डोझैं प्रतिबन्धहरु अघि सारिएका छन्। 

फ्रेन्च नागरिकहरूले सामाजिक दुरीको नियमलाई त्यति वास्ता नगर्दा पछिल्लो समय फ्रान्समा पुनः संक्रमणको अवस्था भयावह भएको जनाइन्छ। 

भिडभाबाट धेरै व्यक्तिले आफूलाई संक्रमण भएको थाहा नभई अरुलाई सार्ने गरेको विज्ञहरुले बताएका छन्। यसलाई रोक्नका लागि भौतिक दूरी तथा मास्क लगाउनु पर्ने उनीहरुको भनाई छ।

यता फ्रान्ससहित युरोपका अन्य देशहरु रुस, पोल्याण्ड, इटाली र स्वीट्जरल्याण्डमा पनि कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएको छ। 

युरोपमा अहिलेसम्म संक्रमितको संख्या ७८ लाख भन्दा बढी पुगेको छ र सो क्षेत्रमा दुई लाख ४७ हजार भन्दा धेरैका ज्यान गएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले युरोपका देशमा संक्रमण बढ्दै जाँदा कोरोना भाइरसविरुद्धको युद्ध संकटपूर्ण बन्दै गएको जनाएको छ।

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि युरोपमा फेरि प्रतिबन्धात्मक उपायहरु लागु हुन थालेका छन्।

चेक गणतन्त्रले संक्रमण बढ्न थालेपछि तीन हप्ताका लागि आंशिक लकडाउन सुरु गरेको छ। विद्यालय, बार तथा क्लबहरु बन्द गरेको छ।

त्यहाँ रेस्टुरेन्टहरु बन्द गरिएका छन् भने सामूहिक रुपमा बसेर रक्सीसहितका पेय पदार्थ पिउन पाइने छैन।

यस्तै नेदरल्याण्डसमा सार्वजनिक तथा सार्वजनिक इनडोर स्पेसमा मास्क अनिवार्य गरिएको छ।

बेलायतमा तीन चरणका प्रतिबन्धात्मक उपाय लागु भएको छ।
 

प्रकाशित मिति: : 2020-10-24 07:04:00

प्रतिकृया दिनुहोस्