साविक विजेता युभेन्ट्स बराबरीमा रोकियाे

इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार राति भएको खेलमा साविक विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ।

घरेलु मैदानमा भएको खेलमा युभेन्ट्स हेलास भेरोनासँग १-१ गोलको बराबरीमा रोकिएको हो।

४५औँ मिनेटमा युभेन्ट्सका अल्भारो मोराटाले गोल गरेका थिए। तर, भीएआरको सहायताबाट रेफ्रीले उनको गोललाई अफसाइड दिएको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६०औँ मिनेटमा आन्द्रे फाभिलीले गोल गर्दै भेरोनालाई अग्रता दिलाए।

तर,  वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका डेजन कुलुसेभास्कीले गोल गरेपछि युभेन्ट्स हारबाट जोगिएको हो।

बराबरीमा रोकिएसँगै युभेन्ट्सले ५ खेलमा ९ अंक जोडेको छ। युभेन्ट्स पाँचौं स्थानमा रहेको छ।

भेरोना ८ अंक जोडेर आठौं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-10-26 08:24:00

प्रतिकृया दिनुहोस्