सफल व्यवसायी बनाउने बाँसकाे त्याे कलात्मक कप

तस्बिर : देखापढी

अनिता भेट्‌वाल

‘टर्निङप्वाइन्ट’ अर्थात् फलदायी समय। यो कुन बेला आउँछ त ? यकिन गर्न सकिँदैन।

तर, भनिन्छ थाहै नपार्ई आउने यही ‘टर्निङप्वान्इन्ट’ले जीवनको नयाँ रेखा कोरिदिन्छ। 

ठिक यस्तै भयो झापाका गोकुल पौडेल, रोशन भट्टराई र मनोज प्रसाईको जीवनमा।

उनीहरूको व्यावसायिक जीवनको कोशेढुंगा बन्यो दुई वर्षअघिको एउटा भ्रमण। 

२०७५ मा यिनै युवामध्येका गोकुल आसाम पुगेका थिए। सिलसिला घुमफिरको थियो। तर फर्कंदा उनले ‘ग्राण्ड’ योजना लिएर फर्किए। 

केही दिनको बसाइँपछि नेपाल फर्केका गोकुललाई आसाममा मायाको चिनो उपहार दिइयो। 

त्यो उपहार थियो, बाँसले बनेको कलात्मक सामग्री ‘कप’। खेर जाने बाँसमा यसरी कला भर्न सकिन्छ भन्ने कुरा उनले पहिलोपटक देख्दै थिए। 

“घरभरि बाँस थिए। जिल्लाभरि बाँस नपाउने ठाउँ थिएन,” उनी भन्छन्, “बाँसबाट यस्ता गतिला सामग्री बन्छन् भन्ने कहिल्यै सोचेको थिइनँ।”

मोहित बनाएको सो कोसेलीले गोकुललाई घर पुग्दासमेत सोचमा डुबायो। अनि सुनाइहाले साथी रोशनलाई। रोशन पत्रकार पनि हुन्।

“यहाँको कला, संस्कृति र पर्यटनलाई संरक्षण गर्न प्रयासरत छु। त्यसमाथि आफ्नै ठाउँमा स्थापित बनाउन सक्ने यस व्यवसायको सम्भावना देखेपछि मैले अवसर गुमाउने कुरै भएन,” रोशन भन्छन्।

प्रकाशित मिति: : 2020-10-28 13:05:00

प्रतिकृया दिनुहोस्