चिठ्ठा पर्‍यो भन्दै म्यासेज आएको छ ? हाेसियार ! ठगिनुहोला

देखापढी

काठमाडौँ
सांकेतिक तस्बिर

लट्रीमा २५ लाख ! त्यो पनि भारतीय रूपैयाँ। नेपाली ४० लाख। 

लट्री परेको पनि मोबाइल नम्बरको आधारमा। लट्री टिकट नम्बर चाहिँ ८९६०१।

साता दिन अगाडि ३० वर्षीया सरु तामाङको इमोमा यस्तो सन्देश आयो। उनी काठमाडौंको कागेश्वरी–मनोहरा नगरपालिका–९, मानेटारमा बस्छिन्। 

उनलाई यति मोटो रकम चिठ्ठामा परेको सन्देश पठाउने चाहिँ ‘राजकुमार’। उनको थर, जाति इमोमा केही उल्लेख छैन।

चिठ्ठामा यति धेरै रकम परेको खबरले सरु खुसी नहुने कुरै भएन। यो खबर श्रीमान् हरिप्रसादलाई सुनाइन्। 

दुवैजना खुसी भए। चिठ्ठा बापत् प्राप्त रकमले केही गर्नुपर्छ भन्ने योजना पनि उनीहरूको बन्यो।

इमोमा आएको सन्देशमा अमेरिका, दुबई, क्यानडा, भारतसँगै नेपाल गरी पाँच देशमा गरिएको ‘लक्की ड्र’ मा सरुको मोबाइल नम्बर छनोट भएको उल्लेख छ।

र, उनीहरूलाई लाग्यो, कि यति धेरै देशमा मानिसहरूको मोबाइल नम्बरमध्ये छनौट भएर विजेता बनिनु चानचुने कुरो होइन।

यसअघि भने सरुलाई कहिल्यै चिठ्ठा परेको याद छैन। जहाँ उनी पटक–पटक भाग्यशाली चिठ्ठामा प्रत्यक्ष सहभागी बनेकी थिइन्। 

प्रकाशित मिति: : 2020-10-30 12:45:00

प्रतिकृया दिनुहोस्