कलाकार सुशीला दाहालको निधन

लामो समयदेखि वोस्टनमा बसोवास गर्दै आएकी कलाकार सुशीला दाहालको निधन भएको छ। 

बिहीवार बिहान वाल्थमस्थित हस्पिस केयर सेन्टरमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ। 

६७ वर्षीया दाहाल लामो समयदेखि पेल्भिक क्यान्सरबाट पीडित थिइन्। उनका एक छोरा र एक छोरी छन्।

उनले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य जोडीको ‘लालपुर्जा’, ‘चिरञ्जीवी’ जस्ता टेलिचलचित्रमा काम गरेकी थिइन्।

विगत १७ वर्षदेखि वोस्टनमा बसोबास गर्दै आएकी दाहाल वोस्टन समाजमा मिलनसार र परिचित थिइन्। 

पारिवारिक स्रोतका अनुसार उनका छोरा टेक्ससमा बसोवास गर्ने भएकोले उनको अन्तिम दाहसंस्कार पनि दुइ तीन दिनपछि टेक्ससमा लगेर गरिने छ।

प्रकाशित मिति: : 2020-10-30 12:48:00

प्रतिकृया दिनुहोस्