आइसियु खोज्दा खोज्दै ज्यान गुमाउँदैछन् संक्रमित

आयोमेल

बुटवल
सांकेतिक तस्बिर

कृष्ण मल्ल

अहिल्लो साता अर्घाखाँचीको भूमिकास्थान गाउँपालिका–९ का ७३ वर्षीय कोरोना संक्रमितको मृत्यु भयो। 

बुटवलबाट दाङको बेलझुन्डी अस्पताल लैजाँदै गर्दा ति संक्रमितको बाटोमै मृत्यु भएको हो। प्रदेश सरकारले व्यवस्थापन गरेको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बेड अभाव भएपछि उनलाई दाङ लगिँदै थियो।

बुटवल कोरोना अस्पतालमा नवलपरासीको सुनवल नगरपालिका ४ का ७७ बर्षीय एक पुरुषको आइसियु बेडमा उपचार नपाउँदा मृत्यु भयो। 

उनी पनि आइसियु बेड अभावमा लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा थिए। 

उनलाई प्रादेशिक अस्पतालको आइसोलेसनबाट कोरोना बिशेष अस्पतालको आइसियुमा खोज्दै गर्दा मृत्यु भएको थियो। कोरोना अस्पतालमा आइसियु खाली नहुदा उनि दुई दिनदेखि आइसियु पर्खिंदै थिए। 

यी मृत्युले प्रदेश ५मा आइसियुको अभाव प्रष्ट पारेका छन्। 

यो अवस्था सर्वसाधारणका लागि मात्रै नभई स्थानीय सरकारकै कर्मचारीले पनि आइसियु बेड नपाउने अवस्था छ। गत हप्ता बुटवल उपमहानगरका एक कर्मचारीको आइसियु बेड नपाएर मृत्यु भयो। 

त्यसपछि बुटवल उपमहानगरपालिकाले प्रदेश सरकारलाई जनस्वास्थ्यमा थप संवेदनशील बन्न आग्रह गरिसकेको छ। 

उपमहानगरका कर्मचारी नायब सुब्बा नारायण ज्ञवालीको आइसियु बेड अभावका कारण मृत्यु भएपछि उपमहानगरले कम्तीमा २५ आइसियु बेड थप्न भनेको हो। 

उपमहानगरको कार्यपालिकाको ८६ औं बैठक बसेर उक्त निर्णय गर्दै त्यसका लागि उपमहानगर समन्वय गर्न र जुनसुकै भवन पनि उपलब्ध गराउने बताएको छ। 

प्रकाशित मिति: : 2020-10-30 12:58:00

प्रतिकृया दिनुहोस्