मंसिर १ गतेदेखि नेपालमा सबै विदेशी पर्यटकले प्रवेश पाउने 

मंसिर १ गतेदेखि नेपालमा सबै विदेशी पर्यटक आउन पाउने भएका छन्। सरकारले सबै बिदेशीलाई मंसिर १ देखि नेपाल प्रवेश दिने कार्यविधि तयार संगै बिदेशी पर्यटकले नेपाल प्रवेश पाउने भएका हुन्। 
नेपाल पर्यटन बोर्डले गठन गरेको टुरिजम रिकभरी टास्कफोर्सले कार्यविधि बनाएको हो। यो टास्कफोर्सले सबै मुलुकबाट आउने पर्यटकलाई ९२ घण्टा अघिको पिसीआर रिपोर्टलाई मान्यता दिने कार्यविधिमा छ।

कार्यविधि कार्यान्वयनमा ल्याउन मन्त्रिपरिषदमा पत्राचार भइसकेको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट (नाट्टा)अध्यक्ष अच्युत गुरागाईले जानकारी दिए। 

कार्यविधिमा पर्यटकलाई तीन दिन होटलमै राख्न प्रस्ताव गरिएको छ। 
 

प्रकाशित मिति: : 2020-11-01 16:24:00

प्रतिकृया दिनुहोस्