लेक जोन्सन पार्कमा ‘फिसिङ’ गर्ने एक नेपाली (भिडियो)

बिएल संवाददाता

नर्थ क्यारोलिना

नर्थ क्यारोलिनाको क्यारीबाट करिब छ माइल दक्षिण एउटा लेक जोन्सन पार्क छ। जहाँ अंग्रेज मात्र होइन, नेपालीहरू पनि माछा मार्न जान्छन्। 

यो लेक फिसिङका लागि निकै चर्चित छ। जंगलको बीचमा रहेको तलाउ जति मनमोहक लाग्छ, रूखमा रहेका पातहरूले बेलाबेलामा बदल्ने गरेको रंगले सबैको मनहर्ने गरेको छ। लेक जोन्स पार्कमा विभिन्न कारणले मानिसहरू आउने गर्छन। 

तर, मानिसहरूको रुची भने फिसिङमा बढी देखिएको छ। फिसिङ आफैमा महंगो कला हो। त्यसैले मानिसलाई रुची भएपनि हत्तपत्त उनीहरू यसमा डुबिहाल्न सक्दैनन्। 

फिसिङका एक पारखी नेपाली लोक मल्ल प्रायः सधै यहाँ आउने गर्छन। उनको उद्देश्य फिसिङ गर्नु नै हुनेगर्छ। उनी मौका पायो कि यहाँ आइपुग्छन्। 

कहिले तुरुन्त फस्ने, कहिले घण्टौं बस्दा पनि माछा नफस्ने कारण फिसिङका लागि निकै धैर्यता चाहिन्छ। लोक भन्छन्, ‘फिसिङ गर्छु भनेर मात्र हुदैन। यसका लागि धैयर्ता पनि चाहिन्छ।’ उनी एउटै रडका लागि पाँच सय डलर पर्ने कारण यो खेललाई महंगो भन्न रुचाउँछन्। 

‘यो खर्चिलो पनि छ,’ उनले भने। तर, जति नै महंगो भएपनि उनले आफ्नो सौख पुरा गर्न यसमा लगानी गरेका छन्।

प्रकाशित मिति: : 2020-11-02 17:34:00

प्रतिकृया दिनुहोस्