अमेरिकी चुनावः केही राज्यमा मतदान टुंगियो

बिएल संवाददाता

न्यूयाेर्क

राष्ट्रपतीय चुनावमा अमेरिकीहरुले मतदान गरिरहेका छन्। मंगलबार भएको मतदानमा पनि उत्साहप्रद सहभागिता देखिएको 

रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले चुनौति दिएका छन्। अहिलेसम्म जर्जा, इन्डियाना, केन्टकी, साउथ क्यारोलाइना, भर्मान्ट, भर्जिनिया लगायत ९ राज्यमा मतदान सकिएको छ। 

यी राज्यमा क्रमशः १६, ११, ८, ९, ३ र १३ इलेक्ट्रोल कलेज भोट रहेका छन्। अमेरिकाको चुनावको नतिजालाई लिएर एक–दुई साता कुर्नुपर्ने देखिन्छ।

सन् १९०४ देखि चलिआएको परम्परा विपरित यसपालि नतिजा बाहिर आउन समय लाग्ने छ। १९०४ देखि अमेरिकी चुनावको नतिजा भोलिपल्टै आउने चलन थियो। 

यो पटकको चुनावमा १० करोड भन्दा बढिले अग्रिम मतदान गरेका छन्।

कूल ५० मध्ये ९ राज्यको मतगणना सकिँदा डेमोक्रेट उम्मेदवार वाइडन पक्षका इलेक्टोरल कलेजका प्रतिनिधि धेरै देखिएका छन् । 

वाइडेन पक्षका ४४ र रिपब्लिकन उम्मेदवार ट्रम्पको पक्षका ३७ प्रतिनिधि चुनिएका छन् ।

चुनाव जित्नका लागि इलेक्टोरल कलेजको २७० मत निकै महत्वपूर्ण मानिन्छ। र, दुबै नेताबीच यसपालि कडा प्रतिस्पर्धा देखिन्छ। चुनावमा निकै महत्वपूर्ण मानिएको राज्यमा ट्रम्पले सबैभन्दा धेरै सभा गरेका छन्। वाइडेनको तुलनामा ट्रम्पको सभामा सर्वसाधारणको भिड पनि देखिएको छ।   

चुनाव अघिका मत सर्वेक्षणहरुमा पूर्व उपराष्ट्रपति बाइडेन अघि देखिए पनि इलेक्ट्रोल कलेजका लागि महत्वपूर्ण रहेका केही राज्यमा प्रतिस्पर्धा निकै कडा रहेको देखिएको छ।

७४ वर्षका डोनाल्ड ट्रम्प पराजित भएमा दोस्रो कार्यकालका नजित्ने सन् १९९२ पछिका पहिलो राष्ट्रपति हुने छन्। त्यसबेला जर्ज एचडब्लु बुस एक कार्यकाल मात्रै निर्वाचित भएका थिए।

चुनावभन्दा एक दिनअघि राष्ट्रपति पदका दुई बलिया उम्मेदवार रिपब्लिकन पार्टीका ट्रम्प र डेमोक्र्याट पार्टीका वाइडेनबीचको प्रतिस्पर्धामा उनीहरूका समर्थक पनि तनावमा देखिएका थिए। 

संसारको सबैभन्दा बलियो देशको नेतृत्वकर्ता छानिने विषयलाई यतिबेला विश्वभरिका मानि रुचीका साथ हेरिरहेका छन्। 

तर, दुई उम्मेदवारका समर्थक एक–अर्काविरूद्ध गाली गलौंचमा उत्रिएका छन्। केही ठाउँमा झगडा पनि परेको छ। बेवर्ली हिल्स जस्तो शान्त ठाउँमा समेत झगडा भएको छ। 

प्रकाशित मिति: : 2020-11-04 06:58:00

प्रतिकृया दिनुहोस्