मिजौरीबाट अमेरिकी कंग्रेसमा प्रतिनिधित्व गर्ने पहिलो काला जातिकी महिला बन्दै कोरी बुस

‘ब्ल्याक लिभ्स म्याटर’ कि अभियन्ता कोरी बुस मिजौरीबाट चुनाव जित्ने पहिलो काला जातिकी महिला बन्ने सम्भावना प्रबल बनेको छ। 

सन् २०२० को अमेरिकी राष्ट्रपतिको चुनावमा उनी मिजौरी सिटबाट चुनाव जित्ने सम्भावना बलियो रहेको सीएनएन न्युज एजेन्सीले बताएको छ। 

बुसले रिपब्लिकनका नयाँ उम्मेदवार एन्थोनी रोजरलाई १९ को तुलनामा ७९ प्रतिशतले पछाडि छोडेको समाचार एजेन्सीले जनाएको छ।   

पेशाले नर्स र एकल महिला रहेकी बुस सन् २०१४ मा मारिएका मिचेल ब्राउनको न्यायका लागि सडकमा उत्रिएकी थिइन। 

‘वास्तवमा आजको रात सम्झनायोग्य छ,’ मंगलबार बढ्त बनाएपछि उनले प्रतिक्रिया दिएकी छिन्, ‘पहिलो काला जातिको महिला, पहिलो नर्स र एकल आमा हुनुको नाताले मिजौरीबाट अमेरिकी कंग्रेसमा प्रतिनिधित्व गर्न पाउनु मेरो लागि सम्मानको कुरा हो।’

उनले यसअघि कंग्रेसमा जान तीनपल्ट चुनाव लडेकी थिइन। सन् २०१६ मा पनि उनी चुनावी मैदानमा थिइन।

प्रकाशित मिति: : 2020-11-05 06:40:00

प्रतिकृया दिनुहोस्