अमेरिकी मुस्लिम समूदायले वाइडेनलाई बढी मत दिएको दावी

अमेरिकामा बसोबास गर्ने मुसलमानहरूको रोजाई डेमोक्र्याट उम्मेदवार जो वाइडेन भएको एउटा तथ्यांकले बताएको छ। 

काउन्सिल अन अमेरिकन–इस्लामिक रिलेसन (सीएआईआर) को एक्जिट पोलको दावी अनुसार हालै सम्पन्न अमेरिकी राष्ट्रपति चुनावमा वाइडेनलाई कीर्तिमानी मत प्राप्त भएको छ। 

संगठनले मंगलबार राती एक्जिट पोलको नतिजा घोषित गरेको थियो। जसअनुसार यसपालि ८९ प्रतिशत मुसलमानहरूले मतदान गरेका छन्। जसमा ६९ प्रतिशत मत वाइडेनको पक्षमा गएको छ। १७ प्रतिशत मुस्लिमले मात्र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मतदान गरेका छन्। 

यस पोलमा ८ सय ४४ रजिस्टर्ड मुस्लिम मतदाताले भाग लिएका थिए। २०१६ को अनुपातमा यसपालि ट्रम्पले चार प्रतिशत बढी मत प्राप्त गरेको बताइएको छ। चार वर्षअघि ट्रम्पले १३ प्रतिशत मात्र मत प्राप्त गरेका थिए। 

संगठनका राष्ट्रिय कार्यकारी निर्देशक निहाद अवादले अमेरिकामा बसोबास गर्ने १ लाखभन्दा बढी मुसलमानहरूलाई मतदानमा भाग लिएकोमा धन्यबाद भनेका छन्। उनले अमेरिकी चुनावमा मुस्लिम भोटले धेरै प्रभाव पार्ने बताएका छन्।

प्रकाशित मिति: : 2020-11-05 07:21:00

प्रतिकृया दिनुहोस्