‘ओलीले प्रस्ताव गर्दैमा नेकपा फुट्दैन’

थाहा खबर

काठमाडौँ
तस्बिर : थाहा खबर

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद कहिले फुटतर्फ त कहिले केही समयका लागि अस्थायी भरथेग हुने गरेको छ। साविकका एमाले र माओवादीबीच पार्टी एकता भएदेखि नै कुनै न कुनै विषयमा मनोमालिन्य हुने गरेकै थियो, सोही विवाद यतिखेर उत्कर्षमा पुगेको छ। पार्टी नै विभाजन हुने हो कि भन्ने चिन्तामा नेता-कार्यकर्ता पिरोलिएका छन्‌। अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नै अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग शनिबार भएको कुराकानीका क्रममा अलग-अलग भएर जानेसम्मका कुरा गरेको खबर बाहिरिएको छ।। 

ओलीको प्रस्ताव भन्दै विभाजनको कुरा बाहिरिएपछि नेकपा थप तरङ्गित भइरहेको छ। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको आआफ्नै घिडघिडोका कारण पार्टी दुर्घटना नजिक पुगेपनि अन्य नेताहरू कुनै पनि अवस्थामा पार्टी फुट्न नदिने अडानमै छन्। प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र उनीहरूका किचन क्याबिनेट नेताहरूका निजी स्वार्थको कारणले नेकपाभित्र पछिल्लो ६ महिनादेखि पटक-पटक विवाद उब्जिएको छ र त्यो भुसको आगो झैं सल्किरहेको छ। 

पछिल्लो समय राजदूत नियुक्ति, संघीय मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेश सरकारमा किचलो, भारतीय जासूसी संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्रीको भेटवार्ता र पर्सामा नेकपा कार्यकर्ताको झडपपछि मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच असमझदारी बढेको छ। यीनै विषयमा केन्द्रीत रही नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलसँग थाहाकर्मी रमेश पराजुलीले गरेको कुराकानी :

प्रकाशित मिति: : 2020-11-05 13:07:00

प्रतिकृया दिनुहोस्