खुल्लामञ्चमा गरिबले खाँदा सरकारलाई लाज !

अनलाइनखबर

काठमाडौँ
तस्बिर : अनलाइनखबर

विश्वास खड्काथोकी

‘मागीखाने र अल्छीहरुको शहर बनाएर बेइज्जत गर्न खोजेको’ भन्दै  काठमाडौं महानगरपालिकाले शनिबारदेखि खुल्लामञ्चमा खाना खुवाउने काम बन्द गर्ने निर्देशन दियो । खाना खुवाउनेस्थलमा सुरक्षाकर्मी खटाइयो ।

सरकारको निर्देशनपछि पनि ठूलो संख्यामा खाना खुवाउने अभियान टुँडिखेलमा जारी छ । अहिले पनि यहाँ दैनिक खानका लागि पाँच सयभन्दा बढी उपस्थित हुन्छन् । उनीहरुलाई रोगकोभन्दा ठूलो चिन्ता भोकको छ ।

टुँडिखेलमा बिहान नौ बजे ‘हाम्रो टिम नेपाल’ ले खाना खुवाउँछ । दिउँसो दुई बजे ‘मानवी क्रियटिभ एसोसियसन’, ‘लायन्स क्लब’ र ‘सेफ एसोसियसन’ले खाना खुवाउँछन् । बेलुका चार बजेपछि ‘हर्डेड ग्रुप’ले विपन्न र असहायहरुलाई सामुहिक खाना खुवाउने गरेको छ ।

टुँडिखेलमा खाना खुवाउन रोक्ने महानगरको निर्देशनपछि पनि उनीहरुको कर्ममा अहिलेसम्म ब्रेक लागेको छैन । मानवी क्रियटिभ एसोसियसनका अध्यक्ष बद्रिप्रसाद ढुंगानाले अनलाइनखबरसँग भने, ‘हाम्रो काम रोकिएको छैन । बुधवार काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले बोलाएर खुल्लामञ्चमा हाइजेनिक भएन, पार्टी प्यालेसमा खुवाउनु भन्नुभएको छ ।’

वार्तामा मेयर शाक्यले बरु पार्टी प्यालेसको भाडा आफूहरुले व्यवस्थापन गर्ने बताएका थिए । तर, अभियन्ताहरुले काठमाडौं महानगरका मेयरसमक्ष तत्काल पार्टी प्यालेसको व्यवस्था गर्न पनि गाह्रो हुने भएकाले दुई÷चार दिन यसरी नै खुवाउनुको विकल्प नरहेको बताएका छन् ।

प्रकाशित मिति: : 2020-11-05 16:13:00

प्रतिकृया दिनुहोस्