साउथह्याम्टन प्रिमियर लिगकाे शीर्षस्थानमा

साउथह्याम्टन इंग्लिस प्रिमियर लिगकाे शीर्षस्थानमा उक्लिएको छ।

सेन्ट मेरिज स्टेडियममा शुक्रबार राति भएको खेलमा न्युक्यासल युनाइटेडमाथि २–० काे सहज जित हात पार्दै साउथह्याम्टन शीर्षस्थानमा उक्लिएको हाे। 

घरेलु टोलीले खेलको सातौँ मिनेटमा चे एडाम्सको गोलबाट अग्रता लिएको थियो। 

८२औँ मिनेटमा स्टुआर्ट आम्सस्ट्रोङले गोल गर्दै साउथह्याम्टनलाई सहज जित दिलाए।

प्रिमियर लिगमा ८ खेलमा पाँचौ जित निकालेको साउथह्याम्टनकाे १६ अंक
छ। लिभरपुलकाे पनि समान अंक छ। तर लिभरपुल गोल अन्तरमा पछि पारेको छ भने एक खेल कम खेलेको छ। 

पराजित न्युक्यासल ११ अंक जोडेर ११औँ स्थानमा छ।

यस्तै प्रिमियर लिगको अर्काे खेलमा ब्राइटन र बर्नलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। यो बराबरीले ब्राइटन १६औँ स्थानमा तथा बर्नली १९औँ स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-11-07 07:23:00

प्रतिकृया दिनुहोस्