‘पार्टी कसले फुटाउँछ हेरौंला, मुख्यमन्त्रीको जिम्मेवारी चाहिँ पुरा गर्नुस्’

अनलाइनखबर

काठमाडाैं

२२ कात्तिक, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको ‘नेकपा फुट्यो भने प्रचण्डका कारण फुट्छ‘ भनेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पूर्वमाओवादी पृष्ठभूमिका नेता तथा सांसदहरूले त्यसको विरोध गरेका छन् ।

नेकपाको केन्द्रमा आन्तरिक संघर्ष चर्किरहेका बेला पार्टीका प्रदेश इन्चार्ज समेत रहेका गुरुङको अभिव्यक्तिले शान्त तलाउमा ढुंगा हाने जस्तो भएको उनीहरू बताउँछन् ।

इन्चार्ज गुरुङको अभिव्यक्तिको सार्वजनिक रुपमै विरोध गर्ने मध्येका एक हुन नेकपाका गण्डकी प्रदेशका अर्थ तथा विकास समिति सभापति दीपक कोइराला । उनी पार्टी कसका कारणले फुट्छ भनेर अर्कालाई दोषारोपण गर्न छोडेर कोरोना भाइरस (कोभिड-१९)बाट जनताको ज्यान बचाउन लाग्न मुख्यमन्त्रीलाई सुझाव दिन्छन् ।

पार्टी विभाजनलाई बल पुग्ने गरी मुख्यमन्त्रीले अभिव्यक्ति दिएको सांसद कोइरालाको आरोप छ । पार्टीको विवाद र गुट, उपगुटको र आरोप-प्रत्यारोपमा लाग्नुभन्दा आˆनो ड्युटी निभाउन कोइरालाले मुख्यमन्त्रीलाई आग्रह गरेका छन् । 

प्रकाशित मिति: : 2020-11-07 21:53:00

प्रतिकृया दिनुहोस्