डि मारियाकाे दुई गाेलमा पीएसजीकाे सहज जित

पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा रेनेसलाई सहजै पराजित गरेकाे छ। 

शनिबार राति मुख्य फरवार्डद्धय नेयमार र केलियन एमबाप्पेबिनै मैदान उत्रिएकाे पीएसजीले  रेनेसमाथि ३–० को सहज जित निकालेको हो।

पार्क डि प्रिन्सेसमा भएकाे खेलमा पीएसजीकाे जितमा एन्जल डि मारियाले दुई गोल र एक असिस्ट दिए। अर्काे एक गोल मोइस किनले गरे। 

११औँ मिनेटमा मोइस किनको गोलबाट अग्रता लिएको थियो। 

२१औँ मिनेटमा एन्जल डि मारियाले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे।

७३औँ मिनेटमा डि मारियाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे। 

जितसँगै शीर्षस्थानमा रहेको पीएसजीको १० खेलबाट २४ अंक पुगेको छ। पराजित रेनेस १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
 

प्रकाशित मिति: : 2020-11-08 07:44:00

प्रतिकृया दिनुहोस्