नेकपाकाे स्थायी समिति बैठक मंसिर १८ गते र केन्द्रीय समिति बैठक २५ गते बाेलाइयाे

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी र केन्द्रीय कमिटी बैठक बोलाएको छ।

बुधबार दिउँसो बसेको केन्द्रीय सचिवालय समिति बैठकले स्थायी समिति बैठक मंसिर १८ गते र केन्द्रीय समिति बैठक मंसिर २५ गते बोलाउने निर्णय गरेको हाे।

आजको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली पनि सहभागी थिए।

उनले आफ्नो तर्फबाट पनि प्रस्ताव पेश गर्ने बताएका थिए।

गत शुक्रबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष ओलीको आलोचना गर्दै प्रस्ताव सचिवालयमा पेश गरेका थिए।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार मंसिर १३ गते बस्ने सचिवालय बैठकमा अध्यक्ष ओलीले पेश गर्ने प्रस्तावबारे पनि छलफल हुनेछ। 

प्रकाशित मिति: : 2020-11-18 15:08:00

प्रतिकृया दिनुहोस्