४ मिनेटमा राेनाल्डाेकाे दुई गाेल

बिएल संवाददाता

काठमाडाै‌ं

 युभेन्ट्सले इटालियन सिरी ए अन्तर्गत शनिबार भएकाे खेलमा काग्लियारीलाई पराजित गरेको छ।

युभेन्ट्सले घरेलु मैदानमा २-० को जित हात पारेकाे हाे।

Image

 युभेन्ट्सकाे जितमा दुबै गाेल फरवार्ड क्रिस्टियानो रोनाल्डोले गरेका थिए। उनले दुबै गाेल  पहिलो हाफमा गरेका थिए। 

३७औँ मिनेटमा अल्भारो मोराटाकाे पासमा रोनाल्डोले युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए। 

Image

त्यसको ४ मिनेटपछि नै रोनाल्डोले युभेन्ट्सको अग्रता दोब्बर पारे। मेरिह डेमीरालले दिएकाे हेडर पासमा रोनाल्डोले गोल गरे। 

जितसँगै युभेन्ट्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। युभेन्ट्सले ८ खेलमा १६ अंक जोडेको छ। 

यता शीर्ष स्थानको एसी मिलानकाे ७ खेलमा २७ अंक छ। पराजित कग्लियारीकाे ८ खेलबाट १० अंक  छ।

प्रकाशित मिति: : 2020-11-22 06:58:00

प्रतिकृया दिनुहोस्