२९ वर्षपछि ‘टम एण्ड जेरी’ पुनः पर्दामा

हरेक बच्चाहरूको प्रिय कार्टुन ‘टम एण्ड जेरी’ २९ बर्षपछि फेरि पर्दामा आउने भएको छ।

सन् १९९२ मा प्रदर्शित ‘टम एण्ड जेरी (द मुबी)’ पछि पर्दामा नदेखिएको यो चर्चित शृंखला पुनः पर्दामा देखिन लागेको हो। 

यस पटक ‘टम एण्ड जेरी’ ले घरको सट्टा एउटा होटलमा भएको भब्य बिबाह समारोहमा आफ्नो उछलकुदले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछ। 

टिम स्टोरीको निर्देशनमा बनेको यो एनिमेटेड एक्सन कमेडी सिनेमा ५ मार्च २०२१ मा विश्वब्यापी रिलिज हुनेछ।  

हालसम्म नाम निश्चित नभएको सिनेमाको नाम सम्भवत ‘टम एण्ड जेरी’ नै रहनसक्ने छ।

प्रकाशित मिति: : 2020-11-22 13:06:00

प्रतिकृया दिनुहोस्