म्याराडोनाको निधनमा अर्जेन्टिनी सरकारद्वारा तीन दिने राष्ट्रिय शोक घोषणा

बिएल संवाददाता

काठमाडाै‌ं

महान् अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधनमा अर्जेन्टिनाको सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ।

६० वर्षीय पूर्व अट्याकिङ मिडफिल्डर म्याराडोनाको हृदयघातका कारण बुधबार निधन भएको थियो।

म्याराडोनाको पार्थिव शरीरलाई राष्ट्रपति कार्यालय कासा रोसारामा ल्याइएको छ। यहाँ तीन दिनसम्म आम नागरिकले उनलाई अन्तिम श्रद्धान्जली दिन सक्नेछन्।

Maradona dead: updates, latest news and reactions - AS.com
म्याराडोनालाई मेसी, रोनाल्डोदेखि ब्राजिलका महान खेलाडी रहेका पेलेले पनि श्रद्धाञ्जलि दिएका छन्। पेलेले अन्तिम श्रद्धाञ्जली दिँदै लेखेका छन्, ‘मैले एक नजिकको साथी गुमाएको छु र विश्वले एक महान खेलाडी गुमाएको छ। मलाई आशा छ कि एक दिन हामी दुवै आकाशमा एकसाथ फुटबल खेल्नेछौँ।’

यता म्याराडोनाका साथी ओहवाल्दो अर्बिलेसले म्याराडोनाले पाएको जति चर्चा र प्रशंसा आजका सुपरस्टारहरु लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोले नपाएको बताए 

म्याराडोनाको शवको पोस्टमार्टम हुन बाँकी छ। गत अक्टुबर ३० मा ६० वर्षमा प्रवेश गरेका म्याराडोनाको ब्रेनमा रगत जमेको थियो। 

Argentina: Vehicle carrying Maradona's body leaves Tigre residence where he  died | Video Ruptly

दुई साताअघि मात्र उपचारकाे लागि अर्जेन्टिनाको राजधानी ब्युनोस आयर्सस्थित ओलिभोस क्लिनिकमा उनलाई भर्ना गरिएको थियो।  

त्यसपछि म्याराडोनाकाे मस्तिष्कको शल्यक्रिया गरिएको थियो। 

त्यसपछि केही कमजाेर भएका उनी एक साता अस्पतालमै रहेर आराम गरेर घर फर्किएका थिए। 

स्थानीय समयअनुसार म्याराडोनाको निधन बुधबार ब्युनस आयर्सको टाइगर सहरस्थित उनकै निवासमा भएको हो।

प्रकाशित मिति: : 2020-11-26 12:35:00

प्रतिकृया दिनुहोस्