न्युक्यासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई उसकै मैदानमा पराजित गरेको छ।
अन्तिम दुई मिनेटमा दुई गोल गर्दै न्युक्यासलले जित हात पारेकाे हाे।
न्युक्यासलको जितमा कलुम विल्सन र जोइलिन्टनले गोल गरे।
सेलह्रस्ट पार्क लन्डमा शुक्रबार राति भएको खेलको ८८औँ मिनेटमा जोइलिन्टनको पासमा कलुम विल्सनले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाए।
९०औँ मिनेटमा विल्सनको पासमा जोइलिन्टनले गोल गर्दै न्युक्यासलको जित पक्का गरे।
जितसँगै न्युक्यासल १० खेलबाट १४ अंक जोडेर १०औँ स्थानमा उक्लदा पराजित क्रिस्टल प्यालेस १३औँ स्थानमा रहेको छ।