अलाभेससँग रियल मड्रिड पराजित

बिएल संवाददाता

काठमाडाै‌ं

स्पेनिस च्याम्पियन रियल मड्रिडले घरेलु मैदानमा अलाभेससँग पराजित भएकाे छ। 

शनिबार भएकाे खेलमा रियल २-१ ले पराजित भएको हो।

खेलको पाँचौ मिनेटमा नै नाचो फर्नान्डेजले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले पाहुना टोली अलाभेसले पेनाल्टी दिएकाे थियाे। 

जसलाई लुकास पेरेजले सदुपयाेग गरे।

दोस्रो हाफको ४९औँ मिनेटमा जोसेलुले गाेल गर्दै अग्रता दाेब्बर बनाए।

निर्धारित समयको ५ मिनेट बाँकी रहँदा रियलका क्यासेमिरोले गोल फर्काए। 

यस हारसँगै १० खेलमा १७ अंक जाेडेकाे मड्रिड तालिकाको चौथो स्थानमा छ। 

अलाभेस भने ११ खेलमा १३ अंकसहित नवौं स्थानमा छ। 

प्रकाशित मिति: : 2020-11-29 07:12:00

प्रतिकृया दिनुहोस्