‘शाहले चलाउँदा देश अगाडि बढेन, ओली र भुसाल पनि एकै हुन्’

अनलाइनखबर

काठमाडाैं

१५ मंसिर, काठमाडौं । युवा पुस्ताका लेखक एवं साहित्यकार युग पाठक नेपाली साहित्य एवं वौद्धिक क्षेत्रमा चिरपरिचित नाम हो । वौद्धिक विमर्शमा पाठकले फरक धारको पहिचान बनाएका छन् ।

नेपालको वौद्धिक क्षेत्र मध्यमस्तरको अर्थात औषत बुद्धिजीवीहरुको हातमा रहेको पाठकको विश्लेषण छ । उनी भन्छन्, ‘विडम्वना भन्नुपर्छ, हाम्रो बौद्धिक उत्पादनको हिस्सा केही मेडियोकर (औषत) बुद्धिजीविको हातमा छ । बालबालिका र विश्वविद्यालयका किताबसमेत उनीहरूले लेख्ने हुँदा लाजमर्दो अवस्था छ ।’

समसामयिक राजनीतिक विश्लेषण र साहित्य लेखनमा जमेका पाठकको ‘उर्गेनको घोडा’ उपन्यास र ‘युमा’ नाटक प्रकाशित छ । अध्ययनले गर्दा मानिसको धारणा बदलिरहने बताउने उनी साहित्यभित्रको बजारीकरणमाथि खरो टिप्पणी गर्छन् । उनी पत्रपत्रिकामा समसामयिक राजनीतिक विश्लेषणका साथै टेलिभिजन अन्तरवार्ताहरुमा पनि सक्रिय देखिन्छन् ।

बजारबिनाको साहित्य कल्पना गर्न नसकिने धारणा राख्ने पाठकसँग अनलाइनखबरले साहित्यको बजारीकरण र पठन संस्कृतिमाथि केन्द्रित रहेर कुराकानी गरेको छ । यसक्रममा कम्युनिष्ट सरकार र २४० वर्षे राजतन्त्रलाई हेर्ने दृष्टिकोणका विषयमा पनि पाठकसँग प्रश्न गरिएको छ । पाठक प्रतिप्रश्न गर्छन्, ‘शाह वंशले अढाई सय वर्ष राज्य चलाउँदा यो देश किन अगाडि बढेन ?’

युवा विश्लेषक पाठकसँग यिनै विषयको सेरोफेरोमा रहेर अनलाइनखबरकर्मी निर्भीकजंग रायमाझीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति: : 2020-11-30 20:49:00

प्रतिकृया दिनुहोस्