नेकपा सचिवालय बैठक २० गते बस्ने गरी स्थगित

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक केही बेर बसेर मंसिर २० गतेसम्मका लागि स्थगित गरिएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक घण्टा ढिला गरी बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओली नै अनुपस्थित भएका छन्। 

अध्यक्ष ओली नै अनुपस्थित भएपछि केहीबेर बसेर २० गतेसम्मका लागि स्थगित भएको हो। दुई अध्यक्षबीच अनौपचारिक गृहकार्य गर्नका लागि ३ दिन समय दिइएको हो।

कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै प्रस्ताव ल्याएका थिए भने ओलीले पनि त्यसको जवाफमा मंसिर १३ गते प्रतिवेदन ल्याएका थिए।

सोही प्रस्तावको विषयमै नेकपाभित्र विवाद छ। प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल नै हुन नसक्ने अडान लिँदै आएका छन्।

प्रकाशित मिति: : 2020-12-02 15:08:00

प्रतिकृया दिनुहोस्