सान पाओलो रंगशालाको नाम अब ‘स्टेडिओ डिएगो अर्मान्डो म्याराडोना’

बिएल संवाददाता

काठमाडाै‌ं

इटालियन सिरी ए फुटबल क्लब नापोलीले लेजेण्ड फुटबलर आफ्नो रंगशालाको नाम परिवर्तन गरेकाे छ।

अहिलेसम्म स्टेडिओ सान पाओलोका रुपमा चिनिदै आएको रंगशालाकाे नाम परिवर्तन गरेर स्टेडिओ डिएगो अर्मान्डो म्याराडोना बनाएकाे हाे। 

याे रंगशाला इटलीको नेपल्स शहर रहेकाे छ।  

अर्जेन्टिनाका पूर्व खेलाडी तथा प्रशिक्षक म्याराडोनाको गएको गएको नोभेम्बर २५ मा ६० वर्षको उमेरमा निधन भएको थियो। र्उनकै सम्मान स्वरुप नाम परिवर्तन गरिएकाे हाे।

उनले सन् १९८७ देखि १९९० सम्म नापोलीबाट खेलेका थिए। उनले नापाेलीमा रहँदा क्लबलाई दुई पटक सिरी ए को उपाधि दिलाएका थिए।

त्यसैले नापोलीमा म्याराडोना समर्थकमाझ निकै लोकप्रिय छन्। कतिपयले घरमा जिसस क्राइस्टको फोटोसँगै म्याराडोनाको तस्विर पनि राख्ने गरेका छन् ।

नेपल्सले २०१७ मा म्याराडोनालाई मानार्थ नागरिकता दिएको थियो।

नापोलीका मालिकले म्याराडोनाको निधनपछि खुला पत्र लेखेर रंगशालाको नाम उनको सम्मानमा उनकै नामबाट राख्न प्रस्ताव गरेका थिए। 

नापोलीको नगर परिषद्ले रंगशालाको पुनः नामाकरण सम्बन्ध प्रस्ताव पारित गरिसकेकाे स्थानिय सञ्चारमाध्यमहरुले बताएका छन्।
 

प्रकाशित मिति: : 2020-12-05 06:52:00

प्रतिकृया दिनुहोस्