चीन बन्याे चन्द्रमामा आफ्नो झण्डा फहराउने दोस्रो देश

चीनले चन्द्रमामा आफ्नो झण्डा फहराएको छ। 

वायु बिहीन चन्द्रमाको सतहमा रातो पृष्ठभूमिमा पाँच तारा युक्त चीनको झण्डा देखिएको तस्वीर चीनको राष्ट्रिय अन्तररिक्षा एजेन्सीले सार्वजनिक गरेको हो।

अमेरिकाले ५० वर्ष भन्दा पहिले पहिलोपटक आफ्नो झण्डा चन्द्रमामा फहराएको थियो।  चन्द्रमामा आफ्नो झण्डा फहराउने चीन दोस्रो देश बनेको छ।

मंगलबार चन्द्रमा अवतरण गरेको मानवरहीत चिनियाँ अन्तरिक्ष यान च्याङ्ग’इ–५मा रहेको क्यामराले सो तस्वीर लिएको हो। 

च्याङ्ग’इ–५ दुई दिनसम्म चन्द्रमाको सतहमा रहेकाे थियाे र त्यहाँबाट २ किलोग्राम ढुंगा र अन्य पदार्थ संकलन गरेर सो यान बिहीबार बाहिरिएको छ।

उक्त योजना अनुसार रिटर्न मोड्‍यूल मंगोलियाको भित्री इलाकाको सिजिवाङको घाँसे मैदानमा अवररतण गर्न सक्‍ने सीएनएसएले जनाएको छ।

अमेरिकाले सन् १९६९ मा एपोलो ११ अन्तरिक्ष अभियान मार्फत चन्द्रमामा पहिलो पटक आफ्नो झण्डा गाडेको थियो। त्यसपछि सन् १९७२ सम्ममा उसले थप पाँच झण्डा चन्द्रमामा राख्न सफल भएको थियो।

च्याङ्ग’इ–५ मिशन अघि चीनले दुई अन्‍य मून मिसन पठाएको थियो। सन् २०१३ मा च्याङ्ग’इ–३ र सन् २०१९ मा च्याङ्ग’इ–४ मुन मिसन। यी दुवैमा एउटा ल्‍याण्डरका साथसाथै एउटा सानो मून रोबर समावेश गरिएको थियो।

तर च्याङ्ग’इ–५ मिसन यी दुवैभन्दा निकै जटिल मिसन हो।

चीनको हैनान प्रान्तबाट गत नोभेम्बेर २४ मा प्रक्षेपण गरिएको यो यान चिनियाँ अन्तरिक्ष कार्यक्रमको एउटा महत्त्वाकांक्षी परियोजना हो। 

प्रकाशित मिति: : 2020-12-05 10:46:00

प्रतिकृया दिनुहोस्