आजकै दिन ‘अपोलो–१७’ ले पृथ्वीको सुन्दर फोटो खिचिएको थियो

७ डिसेम्बर अर्थात आजको दिन। पृथ्वीको पहिलो फोटो खिचिएको दिन। ७ डिसेम्बर सन् १९७२ मा नासाले ‘अपोलो–१७’ चन्द्रमामा पठाएको थियो। 

पहिलो पल्ट अन्तरिक्ष यात्री युजेन सेरनान, रोनाल्ड इवान्स र ह्यारिसन स्मिट समावेश यो मिसनले अन्तरिक्षबाट पृथ्वीको सुन्दर तस्वीर खिच्न सफल भएको थियो।

यसलाई अहिले पनि ‘ब्लु मार्बल’ को रुपमा चिनिने गरिन्छ। अन्तरिक्षबाट खिचिएको पृथ्वीको यो फोटो यस कारण पनि विशेष थियो, यसमा पृथ्वीको दक्षिण पोल पनि देखिएको छ। यद्यपि फोटो बादलको घुम्टोले घेरिएको देखिएको थियो। तर, अफ्रिका निकै सफा देखिएको थियो। 

तस्वीर अपोलो–१७ मिसन प्रक्षेपण भएको ५ घण्टा ६ मिनेटपछि खिचिएको थियो। फोटोलाई ७० मिमीको हेसलब्लेड क्यामेराले खिचेको थियो, समा ८० मिमीको लेन्स जडित थियो। 

नासाले पनि यो फोटोको क्रेडिट अपोलो–१७ को अन्तरिक्ष यात्रीलाई नै दिएको छ। 

७ डिसेम्बर १९६६ मै नासाले एटीएस–१ सेटलाइट प्रक्षेपण गरेको थियो। यसमा श्याम स्वेत क्यामरा पनि फिट गरिएको थियो। जसले पृथ्वी र चन्द्रमाको फोटो खिचेको थियो। पृथ्वी र चन्द्रसँगै देखिएको यो पहिलो फोटो पनि हो।

 एटीएस–१ ले यो तस्वीर खिच्दा पृथ्वी ३५,८८८ किमी तथा चन्द्रमा ४.३४ लाख किमीको दुरीमा थिए। 

१२ वर्ष काम गरेपपपछि १ डिसेम्बर १९७८ मा एटीएस–१ सेटलाइट डिएक्टिवेट भएको थियो।

प्रकाशित मिति: : 2020-12-07 07:15:00

प्रतिकृया दिनुहोस्