चलचित्र विकास बोर्डद्वारा पटकथा आह्वान

बिएल संवाददाता

काठमाडाै‌ं

चलचित्र विकास बोर्डले पटकथा आह्वान गरेको छ ।

बोर्डले एक सूचना प्रकाशन गर्दै  मौलिक तथा कलात्मक चलचित्र निर्माणका लागि पटकथाको माग गरेको हो । 

स्वदेशी तथा मौलिक चलचित्र निर्माणमा मद्दत गर्ने अभिप्रायले बोर्डले केही अघि स्टोरी बैंक स्थापना गर्ने बताएको थियो । सोही अनुसार पटकथा माग गरेको हो ।

पटकथा पठाउनका लागि २१ दिनको अवधि तोकेको छ। 

बोर्डमा प्राप्त पटकथामध्ये केहीलाई छानेर सहनिर्माण गर्ने र लेखन प्रक्रियामा पनि आवश्यकता अनुसार विशेषज्ञता उपलब्ध गराउने जनाइएको छ।
 

प्रकाशित मिति: : 2020-12-08 19:09:00

प्रतिकृया दिनुहोस्