सकारात्मक समाचार आवश्यक : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सकारात्मक समाचारले समाज परिवर्तनमा भूमिका खेल्ने बताएका छन्। 

सञ्चारकर्मी दुर्गा अधिकारीद्वारा लिखित  ‘समाज सञ्चार र राजनीति’ पुुस्तकको आज सार्वजानिक गर्दै उनले सञ्चारमाध्यममा नकारात्मक समाचारले बढी स्थान पाउँदै गएको चर्चा गरे। 

'आजकाल निकै नकारात्मक कुराले मात्र सञ्चारमाध्यममा स्थान पाउन थालेका छन् यसले समाजलाई निराशाउन्मुख बनाउँछ, समाज परिवर्तनका लागि सकारात्मक समाचार आवश्यक हुन्छ, यसतर्फ ध्यान म आग्रह गर्छु' उनले पत्रकारले नकारात्मक कुरा बाहिर ल्याउनु पर्छ भन्ने धारणाले गर्दा पछिल्लो समय सकारात्मक कामका समाचारहरु समेत ओझेलमा पर्दै गएको उनको भनाइ थियो। 

पुस्तकको समीक्षा गर्दै पत्रकार केशवशरण लामिछानेले अधिकारीको पुस्तक आजको राजनीतिक, सामाजिक र पत्रकारिताको अवस्था बुझ्न निकै उपयोगी रहेको बताए। 

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले विभिन्न समयमा लेखिएका लेखको सङ्ग्रहले तत्कालीन समयको चित्रण गर्ने हुँदा लेख सङ्ग्रह उपयोगी हुने विश्वास व्यक्त गरे।  

लेखक  अधिकारीले आफूले विभिन्न समयमा स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा लेखिएका समसामयिक विषयका लेख समावेश गरी पुस्तक प्रकाशन गरिएको जानकारी दिए। रासस  

प्रकाशित मिति: : 2020-12-11 19:02:00

प्रतिकृया दिनुहोस्