लघु चलचित्र ‘छाउ पीडा’ शनिबार युट्युबमार्फत् रिलिज हुँदै

नवराज पराजुलीको कवितामा आधारित लघु चलचित्र ‘छाउ पीडा’ शनिबार (१२ डिसेम्बर) मा युट्युबबाट रिलिज हुने भएको छ। 

केसी डान्स सेन्टरको प्रस्तुति रहेको यो चलचित्रको कथा, पटकथा, संम्वाद तथा निर्देशन अभिनेता सरोज खनालले गरेका हुन्।

यस चलचित्रमा अभिनय गर्ने सबै कलाकारहरु यसै नृत्य केन्द्रका शिष्यहरु हुन् ।

महिलाहरुमा हुने प्राकृतिक प्रक्रिया महिनावारीको पीडामा आधारित यो चलचित्रमा रीमा केसी, रुबिना श्रेष्ठ तथा बाल कलाकारहरु ऋचा ढकाल, आयुशा ढकाल, रोमा भण्डारी, रीया श्रेष्ठ, अङ्किता कोइराला र दिप्ती अधिकारीले अभिनय गरेका छन्।

करिब १५ मिनेट लामो यो चलचित्रको छायांकन समीर मानन्धरको रहेको छ। यो चलचित्रलाई सम्पादन  राजीव श्रेष्ठ र बिक्रम सापकोटाले गरेका हुन्।

सम्पूर्ण शुटिङ अमेरिका मै भएको यो चलचित्रको निर्माता नवीन केसी र लुना श्रेष्ठ हुन्।

प्रकाशित मिति: : 2020-12-11 22:37:00

प्रतिकृया दिनुहोस्