अफ्रिकी देश एजवाटिनीका प्रधानमन्त्री एमब्रोसी ड्लामिनीको काेराेना संक्रमणबाट निधन

बिएल संवाददाता

काठमाडाै‌ं

अफ्रिकी देश एजवाटिनीका प्रधानमन्त्री एमब्रोसी ड्लामिनीको निधन भएको छ।

चार हप्ता पहिले कोरोना भाइरसबाट संक्रमित भएका ५२ वर्षीय प्रधानमन्त्री ड्लामिनीको आइतबार निधन भएको हो।

उपप्रधानमन्त्री थिम्बा मासुकुले वक्तव्य जारी गरेर प्रधानमन्त्री ड्लामिनीको निधन भएको पुष्टि गरेका हुन्।

कोरोना भाइरसको संक्रमणका कारण  स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई  उपचारका लागि डिसेम्बर १ मा दक्षिण अफ्रिकाको अस्पताल लगिएको थियो। 

उनको त्यही निधन भएको हो।

उनी सन् २०१८ को नोभेम्बरमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

अफ्रिकाको दक्षिण क्षेत्रमा रहेको झण्डै १२ लाख जनसंख्या युक्त देश एजवाटिनीमा अहिलेसम्म ६ हजार ७६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

 १२७ जनाको निधन भएको छ।
 

प्रकाशित मिति: : 2020-12-14 11:48:00

प्रतिकृया दिनुहोस्