रोनाल्डो इन्स्टाग्राम प्रयोगकर्ताको विश्वकै ‘टप २५’ प्रभावशाली सूचीकाे पहिलाे स्थानमा

बिएल संवाददाता

काठमाडाै‌ं

फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो संसारकै प्रभावशाली ‘टप २५’ इन्स्टाग्राम प्रयोगकर्ताको सूचीमा पहिलो स्थानमा यथावत् छन्।

रोनाल्डको प्रत्येक पोस्टमा ४५ लाखभन्दा बढी अन्य इन्स्टाग्राम प्रयोगकर्ताको संलग्नता पाइएको छ। 

यता गायिका कायली जेनर दाेस्राे स्थानमा छिन्  भने केन्डल जेनर सूचीको तेस्रोमा।

त्यसैगरी फुटबलर लियोनेल मेस्सी चौथो गायिका सेलेना गोमेज पाँचौँ नम्बरमा छिन्। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहोली सूचीको ११औं नम्बरमा छन्। 

यता बलिउड अभिनेत्री अनुष्का शर्मा संसारकै प्रभावशाली ‘टप २५’ इन्स्टाग्राम प्रयोगकर्ताको सूचीमा परेकी छन्।

उनी  ‘टप २५’ को २४औं स्थानमा परेकी हुन्।

हाइप अडिटर तथ्यांक संकलन र त्यसको विश्लेषण गर्ने प्लेटफर्म हो। 

हाइप अडिटले विश्वका सबैभन्दा बढी प्रभावशाली इन्स्टाग्राम प्रयोगकर्ताको सूचीमा एक हजार जनाको नाम सार्वजनिक गरेको छ। 

प्रयोगकर्ताको फलोअर्स, तिनले राखेको पोस्टको प्रभावकारिता र फलोअर्सको संलग्नताको आधारमा सूची तयार गरिएको हाइप अडिटरले जनाएको छ।

 

 

प्रकाशित मिति: : 2020-12-15 08:03:00

प्रतिकृया दिनुहोस्