फिर्मिनोको निर्णायक गोलमा लिभरपुलकाे जित

बिएल संवाददाता

काठमाडाै‌ं

लिभरपुलले शीर्षस्थानमा रहेको टोटेनहममाथि २–१ को रोमाञ्चक जित हात पारेको छ। 

घरेलु मैदान एनफिल्डमा बुधबार राति भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाह र रोबर्टो फिर्मिनोले गोल गरे। टोटेनहमका ह्युङ मिन सनले गरेको गोल सान्त्वना बन्यो।

खेलको २६औं मिनेटमा मोहम्मद सलाहको गोलमा अग्रता लिएको थियो। कर्टिस जोन्सले फिर्मिनोसँगको वान टु वान पासमा सलाहले गोलमा परिणत गरे।

जियोभानी लो सेल्सोको पासमा ह्युङ मिन सनले गोल गर्दै खेललाई १–१ गोलका बराबरीमा ल्याए। 

बराबरीतर्फ धकेलिएको खेलको अन्तिम समयमा एन्ड्रिउ रोबर्टसनको कर्नरमा फिर्मिनोले हेडरमार्फत गोल गर्दै लिभरपुललाई रोमाञ्चक जित दिलाए।

लिभरपुलसँगको हारसँगै टोटेनहमको ११औं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ। 

जितसँगै लिभरपुलले प्रिमियर लिगको १३औं चरणको खेल जारी रहँदा शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रत लिएको छ। लिभरपुलको २८ अंक पुगेको छ। दोस्रो स्थानमा रहेको टोटेनहमको २५ अंक छ।

प्रकाशित मिति: : 2020-12-17 07:50:00

प्रतिकृया दिनुहोस्