स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्की जर्मन लिग बुन्डेसलिगामा २ सय ५० गोल गर्ने तेस्रो खेलाडी बन्न पुगेका छन्।
उनले उल्फ्सवर्गविरूद्ध २–१ ले विजयी खेलमा बायर्न म्युनिखका लागि निर्णायक दुई गोल गरेका थिए।
लेवान्डोस्कीभन्दा अगाडि गेर्ड मुलर र क्लोज फिसरले २ सय ५० गोल गरेका थिए।
लेवान्डोस्कीले ३ सय ३२ खेलमा २ सय ५० गोल गरेका हुन्। फिसरले ४ सय ६० तथा मुलरले २ सय ८४ खेलमा २ सय ५० गोल पुरा गरेका थिए।
उनी २०१४ देखि बायर्नमा आवद्ध भएका थिए। त्यसअघि उनी बोरुसिया डर्टमुण्डमा आवद्ध थिए।
उनले बायर्नका लागि २ सय १ खेलमा १ सय ७७ गोल गरेका थिए। उनले डर्टमुण्डबाट १ सय ३१ खेलमा ७४ गोल गरेका थिए।
उनले उल्फ्सवर्गविरूद्ध २० खेलमा २३ गोल गरिसकेका छन्।
२०१९–२० को सिजन उनले ५५ गोल गरेका थिए। बायर्नले गत सिजन च्याम्पियन्सलिग, बुन्डेसलिगा तथा जर्मन कप जितेको थियो।