‘केयर गिभर’ तालिमको आयोजना गरिदैं

बिएल संवाददाता

काठमाडाै‌ं

मेरो हस्पिटल र हिमालयन आयुर्वेदिक मेडिकल साइन्स कलेजको सहकार्यमा तीन महिने केयर गिभर तालिमको आयोजना हुने भएको छ। 

तालिम यही जनवरी १५ तारिखदेखि सुरु हुनेछ । यो तालिमको मुख्य उदेश्य दिर्घरोगी, बालबालिका, सुत्केरी आमा, वृद्धवृद्धाको विशेष किसिमको स्याहार गर्नका लागि चाहिने ज्ञान, सीप तथा धारणको तयार गरी दक्ष जनशक्ती तयार गर्नु हो । 

यो तालिम लिन आउने सहभागीहरुलाई शैद्धान्तिक ज्ञानको साथै अभ्यास पनि गराइने मेरो हस्पिटलका कार्यकारी निर्देशक डा रुप नारायण शाहले बताए । 

उनले भने,‘यो तालिम लिईसकेपछि प्रशिक्षार्थीहरुले विभिन्न संघसंस्था, घर तथा विद्यालयहरुमा रोजगार पाउन सक्नेछन् ।’ 

तालिम लिनका लागि कम्तिमा ८ कक्षा उर्तिण हुनुपर्नेछ भने उमेर १६ वर्षदेखि ३५ वर्षसम्म हनुपर्नेछ । 

तालिम प्राप्त प्रशिक्षार्थीहरुले बाल तथा अपाङ्गता पुनस्र्थापना गृह, मन्टेश्वरी स्कूल÷ विद्यालय, वृद्धाश्रम, स्वास्थ्य संस्था, होम केयर र अनाथ आश्रम लगायत अन्य संस्थाहरुमा कम गर्न सक्नेछन् ।

प्रकाशित मिति: : 2021-01-01 09:23:00

प्रतिकृया दिनुहोस्