कंगोमा नयाँ वर्ष मनाइरहेका बेला २५ जनाको हत्या

कंगोमा नयाँ वर्ष सन् २०२१ मनाइरहेका बेला २५ जनाको हत्या गरिएको छ।

देशको पूर्वी क्षेत्रस्थित तिङवेमा नयाँ वर्ष मनाउन सर्वसाधारण भेला भइरहेका बेला आक्रमण भएको हो।

आक्रमण एडीएफ नामको लडाकु समूहले गरेको त्यहाँका सरकारी अधिकारीले आरोप लगाएका छन्। तर अहिलेसम्म घटनाको जिम्मेवारी कसैले लिएको छैन।

एक अधिकारकर्मीले भने, ‘नयाँ वर्ष मनाइरहेका सर्वसाधारणलाई एडीएफ नामक लडाकु समूहले एक-एक गरी मारेका हुन्।’

स्थानीय नागरिक अधिकारकर्मीले भने आक्रमणमा ३० जनाको मृत्यु भएको दाबी गरेका छन्।

सन् १९९० को दसकदेखि त्यहाँ (कंगोमा) युगान्डा मुस्लिम विद्रोही समूहले आफ्नो लडाइँ जारी राखेको छ। जसका कारण अहिलेसम्म सयौं मानिसको मृत्यु भइसकेको छ। 

प्रकाशित मिति: : 2021-01-02 07:01:00

प्रतिकृया दिनुहोस्