पुस २४ सम्म पेस्की फर्छ्यौट गर्न क्यानको निर्देशन

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल क्रिकेट संघ (क्यान)ले वर्तमान तथा पूर्व सदस्यहरुले लिएको पेस्की फर्छ्यौट गर्ने समयसिमा तोकेको छ।

क्यानको सिटी अफिस नक्सालले शनिबार विज्ञप्ति जारी गर्दै क्यानको लेखापरीक्षण प्रतिवेदनमा लामो समयदेखि देखिएको पेस्की यही पुस २४ गतेसम्म पेस्की फर्छ्यौट गर्न निर्देशन दिएको हो।

क्यानमा वर्षौदेखि धरै सदस्यको पेस्की रहेको छ।

त्यसैले क्यानले पेस्की लिएकाहरुलाई एक साताभित्र पेस्की फर्छ्यौट गर्न आग्रह गरेको हो।

प्रकाशित मिति: : 2021-01-03 12:08:00

प्रतिकृया दिनुहोस्