क्रोसियामा विदेशी कामदारलाई ल्याउन नयाँ नियम लागू

युरोप अहिले सुनौलो भविष्य खोज्न हरेक दिन नेपालीहरु पलायन भाइरहेका छन्। युरोपको क्रोसिया अहिले नेपाली युवायुवतीहरुको लागि ठूलो गन्तब्य हो। क्रोसियामा हाल ३ हजार भन्दा बढि नेपाली छन्।

भौगोलिक हिसाबले क्रोसिया पूर्व बोस्निया, सर्बिया, पश्चिम स्लोभिएना, इटालिसँग जोडिएको हुँदा पनि नेपाली युवाहरु इटाली, फ्रान्स्, स्पेन हुँदै पोर्चुगलसम्म पुग्न आतुर देखिन्छ तर यहाँ यो यस्तो गर्न बैधानिक भने छैन।

यो सबै अबैधानिक हो। नेपालबाट नयाँ आउने नेपालीहरुले यो बुझ्न जरुरी छ, क्रोसिया सेन्जेन भएको छैन तर चाँडो हुँदैछ। 

अब यही २०२१ जनवरिबाट क्रोसिया सरकारले यहाँको जनतालाई पहिलो प्राथमिकता साथ विदेश जाने कामदारलाई कम गर्न यहाँको सरकारले नयाँ नियम बनाएको छ। 

कुनै कम्पनीले विदेशी कामदार चाहेको खन्डमा पहिला १५ दिनको बिज्ञापन निकाल्नु पर्ने छ।

 १५ दिन भित्र क्रोसियाको नागरिकले काम को लागि आवेदन नगरेको खन्डमा त्यो कम्पनीले बल्ल विदेशी कामदार ल्याउन सक्नेछ। तर एउटा कुरा साफ छ क्रोसिया नगरिकले यहाँको लागि कम तलबमा उनीहरु काम गर्न चाहदैन।

 तसर्थ, यो एउटा नियम मात्र हो भन्ने हाम्रो बुझाइ हुनेछ। अन्तमा जो कोही नेपालबाट यहाँ आउने तयारीमा हो भने पहिलाको तुलनामा केहि समय लम्बिन सक्नेछ।

प्रकाशित मिति: : 2021-01-09 08:02:00

प्रतिकृया दिनुहोस्