कंगोमा पैदल गस्तीमा खटिएका ६ रेन्जरको हत्या

बिएल संवाददाता

काठमाडाै‌ं

कंगोमा राष्ट्रिय निकुञ्जमा पैदल गस्तीमा खटिएका बेला एम्बुसमा परे ६ रेन्जरको हत्या गरिएको छ।

आइतबार बिहान प्रशिद्ध विरुङ्गा राष्ट्रिय निकुञ्जमा भएको आक्रमणमा ६ रेन्जरको हत्या भएको हो। 

मिया–मिया नाम गरेको बिद्रोही समूहले कंगोको पूर्वी क्षेत्रमा रहेको राष्ट्रिय निकुञ्जमा बिद्रोही समूहले आक्रमण गरेको सरकारी अधिकारीले बताएका छन्।

विरुङ्गा राष्ट्रिय निकुञ्ज दूर्लभ माउन्टेन गुरिल्लाको बासस्थानका रुपमा परिचित छ। विश्व सम्पदा सूचिमा रहेको सो राष्ट्रिय निकुञ्जका कर्मचारीमाथि तस्कर तथा बिद्रोही समूहले आक्रमण गर्ने गरेका छन्।

गएको अप्रिलमा बिद्रोहीले एम्बुस आक्रमण गरि १३ रेन्जरको हत्या गरेका थिए। 

प्रकाशित मिति: : 2021-01-11 11:25:00

प्रतिकृया दिनुहोस्