सामाजिक सञ्जालबाट सर्तक रहन यसो गर्नुहोस् !

Breaknlinks
सांकेतिक तस्बिर

मानिसको जीवनमा अहिले सामाजिक सञ्जालले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। मानिसलाई 'टाइम पास' गर्नका लागि यो निक्कै नै उपयुक्त मनिन्न्छ। यसले सबैलाई एकै ठाउँमा ल्याएर जोडेको छ। 

तर हामीले सहज मानिरहेको सञ्जालका कारण पनि हामी कुनै अप्ठ्यारो पर्न सक्छौं। त्यसैले यसलाई चलाउने क्रममा धेरै कुरालाई ख्यालमा राख्नु जरुरी छ।

त्यसैले आज हामी चर्चा गरौं, सामाजिक सञ्जालबाट होसियार हुनुपर्ने कुराहरुमा। जसलाई तल दिइएको छ।

  • सर्वप्रथम तपाईले आफ्नो अकाउन्टलाई सुरक्षित रक्नु जरुरी छ। त्यसैले धेरै अकाउन्टमा एउटै पासवर्ड प्रयोग गर्नु उचित हुदैन्। 
  • यदि तपाई आफ्नो फेसबुकमा कुनै फोटो वा टेक्स्ट पोस्ट गर्दै हुनुहुन्छ भने तपाईलाई फोटो र पोस्ट कसलाई देखाउने र कसलाई नदेखाउने भन्ने कुराको बोध हुनु जरुरी छ। 
  • हामीलाई थाहा छ, ट्वीटर र इन्स्टाग्राम फेसबुक जस्तो लचिलो छैन्। त्यसैले आफ्नो पोस्टलाई पब्लिक वा प्राइभेट बनाउन सक्नुहोस्। त्यसमा कुनै अप्सन हुदैन्। 
  • यदि तपाईले कुनै नयाँ पोस्ट पब्लिक गर्नु भयो र त्यसलाई संरक्षण गर्न चाहनुहुन्छ सक्दो छिटो लुकाउने अप्सन खोज्नुहोस्। जसले तपाइको पोस्ट पब्लिक हुन्बाट बचाउछ।  
  •  तपाईंलाई म्यासेज गरेर कसैले अनावश्यक तनाव दिइरहेको छ भने त्यस्ता व्यक्तिलाई आफ्नो फ्रेण्ड लिस्टबाट ब्लक गर्नुहोस्। त्यस्ता व्यक्ति आइडीले ह्याक गर्न समेत पछि पर्दैनन्।  
  • तपाईको फ्रेन्ड लिस्टमा भएका तपाईको साथीले नयाँ फोटो राखेको छ भने त्यहाँ कमेन्ट गर्नु अघि ध्यान दिनुहोस्। किनभने यसले तपाईंको एक्सपोजरलाई बढाउन सक्छ। 
  • आफ्नो लोकेसनमा ध्यान दिनुहोस। किनकी फेसबुक, ट्वीटर  र इन्स्टाग्राम सबैमा तपाईंको लोकेसनसँगै पोस्ट ट्याग हुन सक्छ । यसले तपाईंको लोकेसनको जानकारी सार्वजनिक गरिदिन्छ। जुन तपाईंको गोपनीयताको हिसावले राम्रो कुरा होइन। यसकारण आफूले काम गर्ने ठाउँ र बस्ने ठाउँहरुको लोकेसन शेयर नगर्नुहोस् । 
  • सामाजिक सञ्जालमा आफ्नो संवेदनशिल जानकारी तथा व्यक्तिगत जानकारी कहिल्यै पनि सेयर नगर्नुहोस्। आफ्ना प्रत्येक ससाना गतिविधिलाई सार्वजनिक गर्नु राम्रो होइन। त्यसैले व्यक्तिगत जानकारीमा होशियार रहनुहोस्। 
     
प्रकाशित मिति: : 2021-01-12 15:47:00

प्रतिकृया दिनुहोस्