प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबारसम्मका लागि स्थगित

बिएल संवाददाता

काठमाडाै‌ं

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबारसम्मका लागि सरेको छ।

बुधबार संवैधानिक इजलासमा भएको बहसमा मुद्दा बूहत् पूर्ण इजलासमा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय हुन नसकेपछि नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो।

संवैधानिक इजलासबाट बृहत् पूर्ण इजलासमा सुनुवाइ माग गर्दै दर्ता भएका निवेदनहरु बुधवारको इजलासमा पढेर सकिएको थियो।

त्यसपछि वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, हरि उप्रेती र दिनेश त्रिपाठीले संवैधानिक इजलासमा पठाउने आदेश नै त्रुटि पूर्ण रहेको भन्दै मुद्दाको सुनुवाइ बृहत् पूर्ण इजलासमा लैजान माग गरेका थिए।

यता सरकारको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेल र वरिष्ठ अधिवक्ता सुशील पन्तले बृहत् पूर्ण इजलास आवश्यक नरहेको जिकिर गरेका थिए।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्षताको इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल सिन्हा, सपना प्रधान मल्ल र तेजवहादुर केसी सदस्य छन्।

 हरिकृष्ण कार्कीको ठाउँमा न्यायाधीश मल्ल थपिएकी हुन्।

प्रकाशित मिति: : 2021-01-13 16:33:00

प्रतिकृया दिनुहोस्