सुनको मूल्यमा सामान्य गिरावट

बिएल संवाददाता

काठमाडाै‌ं

बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। बुधबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार घटेर तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ। 
बिहीबार चाँदीको मूल्य पनि घटेको छ। 

बुधबार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। 
 

प्रकाशित मिति: : 2021-01-14 11:37:00

प्रतिकृया दिनुहोस्