लेस्टर पुग्यो दोस्रो स्थानमा

 लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा साउथह्याम्पटनलाई पराजित गरेको छ।

 शनिबार राति घरेलु मैदानमा भएको खेलमा लेस्टरले साउथह्याम्पटनलाई २–० ले पराजित गरेको हो।

लेस्टरको जितमा जेम्स म्याडिसन र हार्भी बार्नेसले गोल गरे।

३७ औँ मिनेटमा म्याडिसनले गोल गर्दै लेस्टरलाई सुरुवाति अग्रता दिलाए।

इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा बार्नेसले गोल गरेपछि लेस्टर २–० ले विजयी भयो।

जितपछि दोस्रो स्थानमा उक्लिएको लेस्टर सिटीको १८ खेलबाट ३५ अंक भएको छ।

एक खेल कम खेलेको शीर्ष स्थानको म्यानचेस्टर युनाइटेडको ३६ अंक छ।

प्रकाशित मिति: : 2021-01-17 06:57:00

प्रतिकृया दिनुहोस्