विश्वास गुमाउँदै क्यान

नेपाल लाइभ

काठमाडाै‌ं

सराेज तामाङ

छरपस्ट नीति तर सुस्त कार्यशैली अहिले देखिएको नेपाल क्रिकेट संघ (क्यान) को गति यस्तै छ। यसरी नै चल्छ भन्ने मानसिकता हुँदा पाएको उपलब्धिसमेत गुम्ने डर देखिन्छ। प्रतिभावान खेलाडी विलय हुने चिन्ता उत्तिकै छ। प्रतिस्पर्धा बिनाका सम्झौता र दुई प्रतियोगिता, त्योबाहेक क्यानसँग यो गरेँ भन्ने विषय छैन। 

देखिने काम गर्न एक दिन पर्याप्त हुने क्रिकेटमा नगर्नेका लागि वर्षौं अपुग हुन्छ। नेतृत्व तहमा पुग्नु अघिका कुरा र पुगेपछिको तालमेल नमिल्नु सामान्य हुने परिपाटी रहनाले क्यानले आफूले गर्नुपर्ने विषय नै भुलिरहेको छ। समय बितिरहेको ज्ञान क्यान पदाधिकारीलाई छैन। वाार्षिक तालिकाका केही प्रतियोगिता गर्नु ठूलो उपलब्धीका रुपमा हेरेर तमाम विषयहरु नजरबाहिर राखिरहेको छ। 

२०७३ वैशाख १३ गते अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट निलम्बनमा परेको क्यान २०७६ असोज २७ गते ब्युँतियो। सशर्त गरिएको फुकुवासहित। आइसिसीले फुकुवा गर्दा राखेका ‘सर्त’ क्यानमाथिको पूर्ण भरोसा नगर्नुको परिणाम पनि हो। 

करिब तीन वर्षे अवधिमा अभिभावकविहीन भएरै नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहे। ऐतिहासिक सफलता पनि पाउँदै गए। २०७६ असोज ११ गते क्यानको चुनावबाट नयाँ कार्यसमिति आयो। पूर्वअध्यक्ष विनयराज पाण्डेलाई २९ मतान्तरले पराजित गर्दै अध्यक्षमा चतुरबहादुर चन्दसहित उनको प्यानल विजयी भयो।

प्रकाशित मिति: : 2021-01-20 17:42:00

प्रतिकृया दिनुहोस्