देखावटी मास सिर्जना गर्न स्कुले विद्यार्थीलाई प्रयाेग नगराैं: अमरसिंह पुन

पूर्वमन्त्री वर्षमान पुन सहभागी घर्तीगाउँको सभामा स्कुले विद्यार्थीको दुरुपयोग गरिएकोप्रति नेपाली कांग्रेस जिल्लाकार्य समिति रोल्पाले आपत्ति जनाएको छ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णयको विरोधमा माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुन र घर्ती गाउँका वडा अध्यक्ष ललित घर्तीले विरोध सभामा भाग लिन एक दिनअघि नै विद्यालय पुगेर विद्यार्थीलाई ‘युनिफर्म’सहित सहभागी हुन उर्दी जारी गरेका थिए। 

नेता पुनले आयोजना गरेको विरोध सभामा स्थानीय कृष्ण माविमा अध्ययनरत करिब ३ सय विद्यार्थीलाई ‘युनिफर्म’सहित जवरजस्ती समावेश गराइएको थियो। 

उक्त समाचार बिएल नेपाली सेवाले प्रकाशित गरेसँगै राेल्पा कार्य समितिका सभापति अमरसिंह पुनले शनिबार एक विज्ञप्ति जारी गर्दै विद्यार्थीलाई राजनीतिक कार्यक्रममा हिँडाउदा सर्वसत्तावादकाे संस्कृति उदांगाे भएकाे टिप्पणी गरेका छन्।

उनले भनेका छन्, 'प्रधानमन्त्रीलाई सर्वसत्तावी भनि विराेध गरिरँदा कानून र संविधानकाे मर्म विपरीत पूर्वमन्त्रीसमेत भएका नेता वर्षमान पुनले यसरी विद्यार्थीलाई जुलुसमा लगाइ जबरजस्द मास देखाउन गरिएकाे हर्कतलाई कांग्रेस राेल्पाले घाेर भर्सना गर्छ। साथै कम्युनिष्ट नेतृत्वलाई पदलेलुपातका लागि देखावटी मास सिर्जना नगरी स्पष्ट विचार जनतामाझ लैजान र विधिकाे शासन पालन गर्न अनुरेध गर्छ।'

कांग्रेसले उक्त कार्यमा संलग्न जे काेहीलाई कानून बमेजिम कारवाही गर्न समेत माग गरेकाे छ।
 

प्रकाशित मिति: : 2021-01-23 15:27:00

प्रतिकृया दिनुहोस्

    Junjogi aayaene kanchereyaka aafno paresramgarau aafno life banau kunaiparty ko pachi nalagau

    • 3 बर्ष अगाडि
    • Balbahadurbatha