ट्राइबेकरको आधारमा एपीएफ विजयी

महोत्तरीको भंगहा नगरपालिका र श्री नेशनल युवा क्लबको सह– आयोजनामा सञ्चालित प्रदेश २ कै ठूलो धनराशी पुरस्कारको व्यवस्था गरिएको फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा एपीएफ काठमाडौं विजयी भएको छ।

प्रतियोगिताको दोस्रो दिन सतासीधाम स्पोटर्स क्बल झापा र एपीएफ काठमाडौंबीच प्रतिस्पर्धात्मक खेल भएको थियो। खेलको निर्धारित समयसम्म दुबै टीम १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेल ट्राइब्रेकर गएको थियो। 

ट्राइब्रेकरमा पनि दुबै टीम बराबरी भएपछि सडन डेथको आधारमा गरिएको पेलान्टी शुटआउटमा एपीएफ काठमाडौं विजयी भएको हो। 

खेलको दोस्रो हाफको १६ औं मिनटमा सतासीधाम स्पोटर्स युवा क्लब झापाका खेलाडी उमेश राईले १ गोल गर्दै टीमलाई अग्रता दिलाए पनि एपीएफका नविन लामाले १ गोल फर्काउँदै खेललाई बराबरी ल्याएका थिए।

निर्धारित सयमसम्मको खेल बराबरीमा टुङ्गिएपछि खेल ट्राइबे्रकरमा गएको थियो। 

प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाई म्यान अफ दि म्याचको सम्मान गर्ने व्यवस्था अनुसार आइतबार एपीएफ काठमाडौंका खेलाडी नविन लामाले पाएका छन्। उनलाई नगद पाँच हजार र कप प्रदान गरिएको छ।
 

प्रकाशित मिति: : 2021-02-01 06:57:00

प्रतिकृया दिनुहोस्